५५ ओैं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७८ काे कार्यक्रम रामग्राममा सम्पन्न ।


सुरेश यादव
नवलपरासी/भदौ २३ । आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ५५ ओैं अन्तर्राष्ट्रिय साक्षरता दिवस कार्यक्रम नगरपालिकाकाे सभा हलमा सम्पन्न भएकाे छ ।

नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीकाे अध्यक्षता तथा नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताकाे प्रमुख आतिथ्यता एवम् नगर उपप्रमुख रम्भा कुवरकाे विशिष्ट आतिथ्यतामा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७८ सम्पन्न भएकाे हाे ।
यस्तै नगरपालिकाले अन्तर्राष्ट्रिय साक्षरता दिवसकाे अवसरमा निबन्ध लेखन प्रतियोगिता तथा बक्तित्वकला प्रतियोगिता सम्पन्न गरेकाे छ । साथै निबन्ध लेखन प्रतियोगितामा प्रथमलाई प्रमाणपत्र सहित नगद रु ३०००/-, दितृयलाई प्रमाणपत्र सहित नगद रु २०००/- र तितृयलाई प्रमाणपत्र सहित नगद रु १०००/- ले पुरस्कृत गरियाे र बक्तित्वकला प्रतियोगितामा प्रथमलाई प्रमाणपत्र सहित नगद रु ३०००/- , दितृयलाई प्रमाणपत्र सहित नगद रु २०००/- , तितृयलाई प्रमाणपत्र सहित नगद रु १०००/- र सान्त्वनालाई प्रमाणपत्र सहित नगद रु १०००/- ले पुरस्कृत गरिएकाे हाे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी, शिक्षा महासंघ नवलपरासीका अध्यक्ष यारमाेहम्द खाँ, प्याब्सन नवलपरासीका अध्यक्ष अविनाश रेग्मी, प्याब्सनका केन्द्रीय सदस्य सुमन गाेपाल आचार्य, पत्रकार माेहन पौडेल, सुरेश यादव, हुसेन अन्सारी, बिकास अधिकारी, गाैरी शंकर जयसवाल, संजिव काेईराला, ज्ञ्यानेश्वर सहानी साथै विभिन्न विधालयका विधार्थी एवम् शिक्षकहरु लगाएतकाे उपस्थिति रहेकाे थियोे ।























