देश

आज एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

जगत ठाडा मगर
२०७८ भदौ २३ | बिहान ०८:०५ बजे

काठमाडौं । आज दिउँसो नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलो पटक संसद्को बैठकमा सहभागी हुँदै छ । यो बीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।

नेकपा एमालेसँग विभाजन भएर बनेको एकीकृत समाजवादी अहिले संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद रहेका छन् ।

कमेन्टहरु