देश

नेपालको झण्ड बारे आङ्काजी शेर्पाको टिप्पणी अशुभ झण्डा, जसको कारण हाम्रो नेपाल कहिले उभो लागेन

जगत ठाडा मगर
२०७८ भदौ २३ | बिहान ०८:०५ बजे

(१) ८-१२ ले पिर्छ भने नेपाली जन विश्वास छ । नेपालको झण्डामा ८ मुखे चन्द्र र १२ मुखे सूर्य छन् ।

(२) नेपाली झण्डामा भएको निलो रङ्ग शनि ग्रहको प्रतिक हो । ज्योतिष शास्त्र अनुसार शनि अशुभ ग्रह वा दुखको कारण मानिन्छ ।

(३) नेपालको झण्डामा रातो र निलो रङ छ र यी दुई रङ मिसाए अशुभ बैजनी रङ बन्छ र बैजनी रङ अतिवादी र व्यक्तिवादीको प्रतिक हो ।

(४) बास्तु विज्ञान अनुसार त्रिकोणात्मक आकार भएका जग्गावा वस्तुले पोजेटिभ ईनर्जी रिफेलक्ट (सकरात्मक शक्तिलाई परिवर्तित/फाल्ने) र नेगेटिभ ईनर्जीलाई ग्रहण/लिने गर्छ !

(५) नेपालको झण्डामा भएको चन्द्र र सूर्यले सौर्यवंशी र चन्द्रवंशी राजाको प्रतिक हो । यी दुवै वंशी राजा एक अर्काका कट्टर दुश्मन थिए र यिनीहरू कहिले पनि मिलेर बसेका थिएन !

कमेन्टहरु