देश

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ २२ | मध्यान्ह ०८:०५ बजे

सप्तरी । जिल्ला अदालत सप्तरीबाट कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाँय पाएर फरार रहेका प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ परेको छ ।

सप्तरीको गाबिक मानराजा गाउँपालिका हाल बोदेर्ससाईन नगरपालिका वडा नम्वर ७ का दानालाल यादवलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

२०६२ सालमा गाबिक मानराजा गाउँपालिका हाल बोदेर्ससाईन नगरपालिका वडा नम्वर ७ का गंगाराम कापैरलाई यादवले हत्या गरेका थिए । उनलाई जिल्ला अदालत सप्तरीले २०७३ बैशाख २२ गते कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाँय फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले फरार रहेका उनलाई सोमबार पक्राउ गरेको जानकारी दिए ।मंगलबार जिल्ला अदालत सप्तरीको आदेशमा प्रतिवादी यादवलाई कैद भुक्तानको लागि कारागार कार्यालय राजविराज पठाईएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु