देश

सुदूरपश्चिमका एमालेका दुई मन्त्रीले दिए राजीनामा

जगत ठाडा मगर
२०७८ भदौ २२ | मध्यान्ह ०५:०५ बजे

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा गएका थिए । पहिला आन्तरिक मामिलामन्त्री बनेका शाहले गएको जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्न पुगेका थिए ।

राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त भएकी थिइन् ।

कमेन्टहरु