तिलोत्तमा एक युवती संकास्पद मृत्यु, पत्रकार सम्मेलन गर्दै छानबिन गर्न माग


बुटवल । रुपन्देहीको तिलोत्तमा एक जना युवतीको संकास्पद मृत्युपछि आफन्तले छानविन गरी दोषी माथि कारबाहीको माग गरेका छन् ।
तिलोत्तमा-८ मणिग्राममा चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी पौडेलको आफ्नै घरमा हत्या भएको भन्दै माइती पक्षले कारबाहीका लागि प्रहरीमा जाहेरी दिए पनि सुनुवाई नभएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
भदौ १९ गते राती हत्या भएको भन्दै माइती पक्षले छानविनका लागि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गर्न गएपनि सुनुवाई नभएपछि न्यायका लागि पहल गरिदिन मानबअधिकार संघसस्थालाई आग्रह गरेका छन् ।
रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गरी मृतक २७ वर्षिया युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताए । पाल्पामा दरबार रिसोर्ट संचालन गरेका सीताका श्रीमान ४३ वर्षिय टीका पौडेलको परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरेको आरोप लगाएका छन ।
रुपन्देही प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै न्यायका लागि आग्रह गरेका हुन् । ‘भदौ १९ गते रातीको घटना माइतिपक्षलाई २० गते बिहान ५ बजेमात्रै जानकारी दिइएको थियो ।’-घटनाको विबरण सुनाउँदै माइती पक्षले भने परिवार र प्रहरीले भने यस घटनालाई ‘आत्महत्या’ हो भन्दै वास्तविकता लुकाउन खोजेको बताए ।
यस बिषयम ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्ष मदन कुँवरले भने अहिलेसम्म जाहेरी नआएको बताए ।






















