देश

संखुवासभाको सामूहिक हत्या प्रकरणको अनुसन्धानमा सीआईबी पनि खटियो

जगत ठाडा मगर
२०७८ भदौ २२ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि खटिएको छ ।
photo 2021 09 07 16 08 53

घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीआईबी टोली पनि पठाएका हुन् । सीआईबी स्रोतका अनुसार सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा टोली अनुसन्धानका लागि संखुवासभा पठाइएको छ ।

टोलीले प्राविधिक विश्लेषण र अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, संखुवासभालाई सहयोग गर्नेछ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसपी भीम दाहाल पनि खटिएका छन् ।

कमेन्टहरु