देश

नगरभित्र उपलब्ध श्रोत साधन प्रयोग गरे धनगडीमाई पुर्ण समृद्धि हुने छ – नेता महतो

जगत ठाडा मगर
२०७८ भदौ २२ | बिहान ११:०५ बजे

लहान । सिराहाको धनगडीमाई नगरपालिकाका नेपाली काङ्ग्रेसका प्रत्यासी उम्मेदवार पञ्चलाल महतोले आउने चुनावमा धनगडीमाई भित्रका हाल १४ वडाहरु सम्पूर्णमा नेपाली काङ्ग्रेस विजयी हुने ठोकुवा गर्नुभएको छ।

अहिले वर्तमानमा नगरभित्रका उपलब्ध श्रोत साधन प्रयोग गरेर धनगडीमाई पुर्ण समृद्ध हुने नेता महतो बताउँछ । शुक्रबार अनौपचारिक रुपका संचारकर्मीहरुसँग कुरागर्दै धनगडीमाई नगरपालिका प्रदेश न. २ को प्रमुख श्रोत गिट्टी ढुङ्गाा रहेकोमा हालमा पालिकापक्षबाट कुनै पहल वा ठोस योजना नभएको देखिन्छ ।

चुरे उत्खन्न, सिचाई, भौतिक पुर्वाधार, भ्रष्टाचारको चरम सिमा नाघेको नेता महतोले अभिव्यक्ति दिइएका छन । जनताले विकासको अनुभुती नगर्दासम्म विकासको केही अौचित्य हुदैन्न तसर्थ विकास दिगो विश्वसनीय र हितकर हुनुपर्छ । विकासको मेरुदण्ड भनेको यातायात हो, पक्की सडक, चुरे संरक्षण लगायत चार ‘स’ को अवधारणा ल्याउने भनेका हुन ।

पहिलो शिक्षा, स्वास्थ्य, सडक, सिचाइमा पुर्णता दिने नेता महतोले धारण राखे। यो सँगै सामाजिक रुपान्तरणका लागि युवा वर्ग, आजको आवश्यकता हो, युवाको चाहनालाई कदर गरेर अघि बढनुपर्छ । सबल निति, कार्य योजना र जनचाहनालाई कदर गरेर जनतालाई विकासको अनुभुती दिलाउन सकिन्छ भन्ने विचार नेता पञ्चलाल महतोले राखे।

नेपाली काङ्ग्रेस देशको पहिलो पार्टी हो र पहिलो पार्टी रहन्छ भन्ने कुरामा विश्वास्त रहन सम्पूर्णमा जनमानसमा आग्रह गर्नुभएको छ । नेता महतोले तयार पारेका पर्चाहरु अहिले पनि घर-घरमा फोटो फ्रेममा राखिएको देखिन्छ ।

कमेन्टहरु