कपिलवस्तुको मायादेवीमा वडा स्तरीय हिन्दू युवा शक्ति समिति गठन


घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे मायादेवी गाउपालिका वडा नं ६ मुगेंहरीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हिन्दु युवा शक्ति मायादेवीका अध्यक्ष देवेन्द्र वर्माकाे अध्यक्षतामा २१ सदस्यीय वडा स्तरीय समिति गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेयले आफ्नो मन्तव्य राख्दै सनातन हिन्दु धर्म सबैभन्दा पुरानो धर्म रहेको बताउनुभयो । यो धर्म मान्ने व्यक्तिहरुलाई संगठित गर्ने काम हाम्रो संस्थाले गरिरहेको छ ।संगठनकाे उद्देश्य हिन्दु धर्मकाे हकहित र अधिकारकाे लागि निरन्तर रुपमा काम गरिरहेकाे अध्यक्ष पाण्डेयले बताउनुभयो ।
हिन्दु युवा शक्ति कपिलवस्तु निर्माण गर्नुकाे उद्देश्य गाैं संरक्षण गर्ने, हिन्दुहरुलाइ संगठित गर्ने, हिन्दु संस्कारलाई जाेगाउने, मठ मन्दिरकाे संरक्षण गर्ने, हिन्दु धर्मको बारेमा घर -घर, चौक -चौक, मानिस -मानिस बीचमा गएर जनचेतना जगाउने लगायत अन्य उद्देश्यहरु पनि रहेको पाइन्छ ।

मायादेवी गाउँपालिका वडा नं.६ मा वार्ड स्तरीय समिति गठन गरिएको छ । अध्यक्ष पुरषोत्तम यादव, उपाध्यक्ष अयाेध्या पासवान, काेषाध्यक्ष इन्द्रजीत यादव, सचिव तेज कुमार तेली, सल्लाहकार केतार चाैधरी लगायत २१ सदस्यीय वडा स्तरीय समिति गठन भएको हिन्दु युवा शक्ति मायादेवीका अध्यक्ष देवेन्द्र वर्माले जानकारी दिनु भयो ।

कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेय, सल्लाहकार सुनिल तिवारी, प्रेस सल्लाहकार धनी राम कोरी, मायादेवीका अध्यक्ष देवेन्द्र वर्मा, उपाध्यक्ष राजेश वर्मा राकेश चौधरी लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।























