देश

राष्ट्रिय जनगणना २५ कात्तिकदेखि मंसिर ९ सम्म

जगत ठाडा मगर
२०७८ भदौ २२ | बिहान ०८:०५ बजे

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना कात्तिकको २५ देखि मंसिर ९ सम्म गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै २५ कात्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै सोसम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका मन्त्रिपरिषदमा पठाएको थियो।

विभागले २० भदौदेखि जनगणनाका विभिन्न काम थालनी गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो ।जसअनुसार जनगणनाको काम भदौबाट नै अघि बढ्ने र मूल गणना २५ कात्तिकदेखि ९ मंसिरसम्म तय भएको हो ।

कार्यतालिकाअनुसार २० भदौबाट २६ भदौसम्म सुपरभाइजर भर्ना गर्ने, २७ र २८ भदौमा सुपरभाइजरलाई तालिम दिने र ३० भदौ १८ असोजसम्म सुपरभाइजरहरूले घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् ।

कमेन्टहरु