नेकपा एमाले सप्तरीले पार्टी फुट र बिभाजनको पक्षमा नलाग्न कार्यकर्तामा आग्रह

जगत ठाडा मगर
२०७८ भदौ २१ | मध्यान्ह ०९:०५ बजे

राजविराज । नेकपा (एमाले)सप्तरीले पार्टी फुट र बिभाजनको पक्षमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन।
माधवकुमार नेपाल निकट कार्यकर्ता चोइटिएर बनेको नेकपा (एस)मा लाग्न एमाले कार्यकर्तालाई विभिन्न किसिमको प्रलोभनमा पारिरहेको अवस्थामा सचेत हुन सम्पुर्ण एमालेबाट जितेका जनप्रतिनिधि र कार्यकर्ताहरुमा आज सोमबार एक प्रेस वक्तव्य मार्फत आग्रह गरेका हुन ।
जिल्ला कमिटी संयोजक ताराकान्त चौधरी र सचीव देवनाथ यादवद्वारा हस्ताक्षरित एक प्रेस बिज्ञप्तीमा माधव नेपाल निकट कार्यकर्ताले एमाले कार्यकर्तामा विभिन्न किसिमको प्रलोभन ,धाकधम्की लगायत क्रियाकलाप गरिरहेको छ। यस्तो क्रियाकलापको पक्षमा नलागी फुट र बिभाजन विरुद्ध दृढता पुर्वक उभिन आग्रह गरिएको छ।






















