ईन्द्रेणी सामाजिक बिकास मञ्च पञ्चगरको बार्षिक सामाजिक लेखा परिक्षण सम्पन्न,


रामु भुसाल
नवलपरासी । ईन्द्रेणी सामाजिक बिकास मञ्च पञ्चगरको बार्षिक सामाजिक लेखा परिक्षण सोमबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाद्वारा आर्थिक बर्ष २०७७÷०७८ मा समुदायमा संचालित बिभिन्न परियोजनाहरुको बारेमा जानकारी गराईएको थियो ।

संस्थाका सचिव होमराज कुँवरको अध्यक्षता प्रतापपुर गाउँपालिका कि कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यता एबम पाल्हीनन्दन गाउँपालिका कि उपाध्यक्ष पाबित्रि कोँहारको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेपाल सरकारले गर्नुपर्ने काम एउटा एनजिओले सफल रुपमा गरिरहेको बताउदै कुनै पनि बिपद पर्दा पालिकामा ईन्द्रेणीले नै सहयोग गरेको बताउनु भयो ।
सोही अबसरमा कार्यक्रमका बिशेष अतिथि पाबित्रि कोँहारले ईन्द्रेणीले संचालन गरेका कार्यक्रमले समुदायमा परिवर्तन आएको बताउदै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रमका अर्का बिशेष अतिथि प्रतापपुर गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत कुन्दन कुमार सिंहले संस्थाले स्वास्थ्य क्षेत्र लगायत अन्य जनचेतना मुलक काममा उल्लेखनीय प्रगति गरेको बताउनु भयो ।
बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रममा संस्थागत परिचय तथा उदेश्यका बारेमा ईन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्रि प्रसाद सुबेदीले प्रस्तुतीकरण गर्दै संस्थाद्वारा संचालित बिभिन्न परियोजनाबाट आर्थिक बर्ष ०७७।७८मा करिब ५ करोड ७० लाख रकम बराबरको कार्यक्रम सन्चालन गरिएको बताउनु भयो । सो अबसरमा मंचद्वारा सन्चालित एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजनाले संचालन गरेका कार्यक्रमका बारेमा परियोजना संयोजक सुर्य गैरे, आधारभुत स्वास्थ्य परियोजनाका क्रियाकलापका बारेमा परियोजनाका लेखा अधिकृत ददिराम पौडेल, सुरक्षित आप्रबासन परियोजना सामीका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी र सस्थाको बित्तिय प्रस्तुतीकरण लेखा अधिकृत रबिन्द्र सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेल, युनाईटेड मिसन टु नेपालका स्वास्थ्य कार्यक्रम प्रबन्धक ईश्वर केसि, सेवाग्राही गुड्डु कमकर लगाएतले मन्त्ब्य राख्नु भएको थियो। सस्थाका पदाधिकारी,कर्मचारी ,सेवा ग्राही ,र विभिन्न पालिकाका स्वास्थ प्रतिनिधि ,पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासी कि उपाध्यक्ष मालती न्यौपानेले गर्नु भएको थियो । कार्यक्रम को संचालन एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना कि फिल्ड सुपरभाइजर सपना श्रेष्ठले गर्नु भएको थियो ।






















