देश

नवराजपुर गाउँपालिकामा आमूल परिवर्तन गर्न युवा नेतृत्वको खाँचो : नेता यादव

जगत ठाडा मगर
२०७८ भदौ २१ | मध्यान्ह ०७:०५ बजे

विसुन देव सरदार
लहान । सिरहाको नवराजपुर गाउँपालिकालाई आमुल परिवर्तन गर्ने नेतृत्वको खाँचो रहेको जसपाका गाउँपालिका स्तरिय गाउँ कमिटिका अध्यक्ष शिव उदगार यदव (शिवा)ले बताउनु भएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, युवाहरुको रोजगार लगायतको क्षेत्रमा अन्तर आत्मादेखी परिवर्तन गर्ने खालका नेतृत्वको खाँचो रहेको नेता यादवले बताउनु भएको छ । सोमबार अनौपचारिक रुपमा पत्रकारहरुसँग सांक्षिप्त कुराकानी गर्दै नेता यादवले भने गाउँपालिकामा सोचे जस्तो विकास हुन सकेको छैन् ‘कारण’ जनप्रतिनिधिहरु स्वार्थमा लिप्त भएको छ´।

नवराजपुर गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरु पुर्ण रुपमा स्वार्थमा लिप्त भएको यादवले दाबी गरे । जनताले विकासको अनुभुती पाएका छैन , प्रतिक्रिया लिदा थाहा हुन्छ , कार्यपालिकाको विकास मात्र भएको हो नेता यादवले बताए ।

हरेक विकास निर्माणको कार्यमा यहाँ भ्रष्टाचार हुने गरेको बताउँदै नेता यादवले भने –मैले पटक पटक भ्रष्ट्राचार हुन नदिन बिभिन्न कानुनी प्रक्रिया अवलम्बन गरेपनी आज सम्म त्यसको कुनै पनी सुनवाई भएन ।´ पालिकाले संचालन गरेका बिभिन्न योजनाहरुमा अनियमितता भैरहेको छ ।

सचेत गराउनका लागी पटक पटक लिखित रुपमा सुचना पाउँ भन्ने निबेदन दिँदा पनी त्यसको लिखित जवाफ हाल सम्म पनि पालिकाले नदिएको उनले पत्रकारहरु समक्ष गुनासो पोखे । सुचना पाउनका लागी बिभिन्न समयमा दर्ता गराएको निवेदन देखाउँदै यादवले सरोकारवाला निकायलाई सही रुपमा योजनाहरुको अनुगमन गरिदिन पनि आग्रह गरे ।

भौतिक पुर्वाधार लगायत लक्षित वर्गका योजनाहरुमा ब्यापक रुपमा अनियमितता भएको छ । कतिपय योजनाहरुमा कामै नगरी कागजी मिलानको आधारमा भुक्तानी भएको उनले दाबी गरे ।`म सँग हरेक प्रमाणहरु छ म प्रमाणको आधारमा बोलेको छु´ नेता यादवको भनाई रहेको थियो ।

स्थानिय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट उनी गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार थिए । निर्वाचित गाउँपालिका अध्यक्ष विश्वमोहन यादवबाट उनी १३४ मतकोको फरक अन्तरले मात्र उनी पराजित भएका थिए ।

बिधिवत रुपमा पराजित भएपनी उनले आफुलाई समाजको माया र जनताको प्रेमले आफु पराजित नभएको बताए ।

photo 2021 09 06 19 26 43
photo 2021 09 06 19 26 46
photo 2021 09 06 19 26 47
photo 2021 09 06 19 26 49

कमेन्टहरु