देश

कालिन्चोक गाउँपालिकाले आयोजना गरेको सम्झौता शिविरको चौथो दिन

जगत ठाडा मगर
२०७८ भदौ २१ | मध्यान्ह ०७:०५ बजे

दोलखा । कालिन्चोक-१ मा कालिन्चोक गाउँपालिकाले आयोजना गरेको सम्झौता शिबिरको चौथो कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा कार्यालयमा पुगेर मिति २०७८/५/१७ गते बाट शुरु गरेको योजना सम्झौता शिविर आज कालिन्चोक- १ मा सम्पन्न गरेको हो ।
photo 2021 09 06 19 20 58

यसअघि ६,५ र ४ वडामा योजना सम्झौता गरेको गाउँपालिकाले जनतालाई पालिका आउन समय अनि खर्चिलो हुने भएको र कागज प्रक्रिया नपुगेर फेरि गाउँ मै फर्कनु पर्ने झन्झट बाट मुक्त भएको र स्थानीय जनता अहिले गाउँपालिकाले वडामै यस्तो योजना बनाएर काम काम गरेकोमा खुसी भएको बताए ।

कालिन्चोक गाउँपालिका प्रमुख विन कुमार थामीले स्वास्थ विमा पनि पालिकाको नै लगानीमा गर्ने समेत बताए । सम्झौता सिविर २०७८/५/१७ बाट शुरु भइ २०७८/५/२८ गते ९ वडामा सिविर सकिने छ । बाँकी योजना पालिकामा नै गरिने र प्रशासकीय अधिकृत नवराज ओलीले बताए । साथै पालिकाले सोमबार कालिन्चोक -१ मा २२ वटा सम्झौता गरिएको वडाअध्यक्ष बाबुलाल थामीले बताएका छन ।

photo 2021 09 06 19 20 59

photo 2021 09 06 19 21 02

कमेन्टहरु