सप्तरीमा नयाँ क्रियाशील सदस्यता थप नगरिए प्रतिकार गर्ने चेतावनी


सप्तरी, २१ भदौ । जिल्ला कार्यसमिति सप्तरीले नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाभित्र करीब ९ हजार नयाँ क्रियाशील सदस्यले शूल्क समेत बुझाई सकेको अवस्थामा केन्द्रीले क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेको उनले बताए ।
नेपाली काँग्रेसको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि सप्तरीको फायल नै बन्द गरिएको सभापति यादवले आरोप लगाएका छन् ।
क्रियाशील सदस्यता स्थगन गर्दा चार हजारको संख्यामा पार्टी प्रवेश गरेका व्यक्तिलाई ठाउँ दिन नसकिएको र मापदण्ड पनि पूरा नभएको सभापति यादवले बताए । ‘जिल्लामा परिपत्र गरिए अनुसार गाउँपालिकामा ४५ र नगरपालिकाको वडामा ५१ जना क्रियाशील हुनुपर्ने मापदण्ड तोकिएको छ’ उनले भने, ‘तर कुनै वडामा शून्य छ भने कुनैमा त्यो संख्या अपुग छ ।
जिल्लाका ९१ वडामा यस्तो समस्या देखिएको बताउँदै सभापति यादवले सप्तरी जिल्लामा धेरै ठूलो अन्याय गरेको बताए , ‘कांग्रेस जिल्ला कार्यसमिति यसप्रति घोर भर्त्सना गर्दछ’ उनले भने । जिल्लामा क्रियाशील सदस्यता लागू नगरेको खण्डमा कडाभन्दा कडा प्रतिकार गर्ने शनिबार जिल्ला कार्यसमिति सप्तरीले निर्णय गरि सकेकोे उनले बताए ।






















