देश

रोल्पामा पहिरोले घर बगाउँदा एक बालकको मृत्यु , एक वृद्धा बेपत्ता

जगत ठाडा मगर
२०७८ भदौ २१ | बिहान ०९:०५ बजे

रोल्पा । रोल्पामा गएराति पहिरोले घर बगाउँदा एक बालक मृत्यु भएको छ भने एक वृद्धा बेपत्ता भएकी छन् ।

रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति रोल्पा नगरपालिका – १० थवाङका पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक राना भन्छन्–‘ घटनास्थलमा हामी हिँडेर जाँदै छौँ, मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न सकेको छैन, हामी घटना स्थलमा पुगेर थप विवरण दिनेछौँ । ’

कमेन्टहरु