देश

काठमाडौंमा बाढी ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

जगत ठाडा मगर
२०७८ भदौ २१ | बिहान ०९:०५ बजे

काठमाडौं । काठमाडौं उपत्यकामा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

गए रातिदेखि परेको भारी वर्षाका कारण खोला किनारका बस्तीहरु डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेको छ ।

एसएसपीका अनुसार मानवीय क्षति भने भएको छैन ।

कमेन्टहरु