प्रदेश सभा र पालिकाका जनप्रतिनिधिलाई नयाँ पार्टीमा नलाग्न एमालेको आग्रह


काठमाण्डाै । नेकपा एमालेले नयाँ दल (एकीकृत समाजवादी) मा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ।

एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै सूर्य चिह्नबाट निर्वाचित प्रदेश सभा र पालिकाका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका छन् ।
‘विभाजनको लागि जानीजानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले) मा ठूलो विभाजन होस् भन्ने उद्देशकासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधिभित्र एमालेका प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई हामीबाट चोइटिएर बनेको पार्टीमा लाग्नको लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलापहरु गरिरहेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमालेले आफ्नो आन्तरिक मामिलामा अन्य राजनीतिक दलहरुले आँखा नलगाउन चेतावनी समेत दिइएको छ ।






















