देश

सरकारले नेपाल प्रहरीमा ५ जना एआईजीको दरबन्दी थपिँदै

जगत ठाडा मगर
२०७८ भदौ २१ | बिहान ०९:०५ बजे

काठमाडौ । सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषदमा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताइएको छ । नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ ।

नेपाल प्रहरीमा आफू अनुकूलमा मानिसलाई बढुवा गर्नका लागि सरकारले दरबन्दी थप गरेको भन्दै केही वरिष्ठ अधिकृतहरुले आक्रोश व्यक्त गरेका छन् ।नेपाल प्रहरीमा तल्लो तहका प्रहरी अधिकृत तथा जवानको वृत्ति विकासमा भने सरकारले अहिलेसम्म ध्यान दिन सकेको देखिँदैन ।

पहुँचका आधारमा दरबन्दी थप गरेर सरकारले अर्को अलोकप्रिय निर्णय गर्न लागेको भन्दै सुरक्षाकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कमेन्टहरु