देश

सकारात्मक अभिभावकत्व प्रशिक्षक तालिम

याम बहादुर थापा मगर
२०८३ साउन २४ | बिहान ०७:०४ बजे

याम बहादुर थापा मगर
काठमाडौ
साउन २४,२०८३
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा ७ दिने बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकहरुलाई सकारात्मक अभिभावकत्व सहित हेरचाह सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको जानकारी बौद्धिक अपाङ्गगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका सचिव याम बहादुर थापा मगरले जानकारी दिनु भयो ।
तालिममा सहभागीहरुलाई अपांगता, बौद्धिक अपागंता, बाल अधिकार, तनाव व्यवस्थापन, सकारात्मक सोच, सकारात्मक अभिभावकत्व, अभिभावकहरुले गर्न सक्ने सकारात्मक व्यवहार,विद्यालयमा शिक्षकहरुले गर्ने व्यवहार, समाजका व्यक्तिहरुले गर्ने व्यवहार, मनोसामाजिक परार्मशका बारेमा प्रशिक्षण दिएको थियो । साथै तालिममा इलाम,मोरगं,उदयपुर,बारा,कास्की,बागलुङ,कपिलवस्तु,बाँके, बर्दिया,सुर्खेत जिल्लाका बौद्धिक अपाङ्गगता भएका व्यक्तिका अभिभावक संघका पदाधिकारीहरुको सहभागी रहेको थियो ।
सो तालिममा प्रमुख प्रशिक्षक निर्मल भण्डारी, राजु बस्नेत,दुर्गा थापाले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो । तालिमको लागि एन.एफ.यु.नर्वेको सहयोगमा संचालित अपाङ्गता अधिकारका लागि लागि सहकार्य सिएडिआर परियोजना अन्तर्गत भएको थियो ।
प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा अभिभावक महासंघका कार्यकारी निर्देशक भुषण दाहाल, प्रमुख प्रशिक्षक निर्मल भण्डारी, संचालन धना रावत, सहभागीहरुको तर्फबाट पार्वता घिमिरे,याम बहादुर थापा मगर, रमी देवी पासवानले मन्तव्य राख्नु भएको थियो । साथै कार्यकारी निर्देशक भुषण दाहाल र प्रमुख प्रशिक्षक निर्मल भण्डारीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । तालिमको शिप फिल्डमा कार्यान्वयन गर्न कार्ययोजना समेत तयार पारिएको थियो ।

कमेन्टहरु