देश

हुलाकी राजमार्गमा समयमा पुला नबन्दा बाँसको लच्का बनाएर लाखौं कमाई

जगत ठाडा मगर
२०७८ भदौ २१ | बिहान ०८:०५ बजे

विसुन देव सरदार
लहान । सिराहाको दक्षिणी सिमावर्ती हुलाकी राजमार्ग बरियारपट्टी र औरहीको बिचमा पर्ने गागन खोलामा विगत ३ महिना देखि हरि कामतले ९५ हजारको लगानीमा बाँसको झुलुङ्गे लच्का पुल बनाएर मगन्य पैसा कमाइ रहेका छन।

यात्रीहरुलाई आवतजावत सहज बनाउनका निम्ति उक्त झुलुङ्गे गरिएको देखिन्छ । बाँसको लच्का पुलका प्रति मोटरसाइकल ५० , साइकल २० रुपैयाँ लिने गरिन्छ । फर्किदा ३०/१० रुपैयाँको दरले लिने गरेको कामतको भनाइ हो ।

झुलुङ्गे पुर्वपट्टी रणु देव सिँह र पश्चिमपट्टी उमा महतोको जग्गा धनीहरुलाई प्रति महिना ५/५ हजारको दरले भाडा दिइएको कामतको भनाइ छ।उक्त बाँसको पुलबाट दिनहुँ १० हजार कमाई रहेको खुलासा भएको हो ।

गागन खोलामा असार, श्रावण र भदौ महिनासम्म खोलामा पुर्णरुपले पानी चल्ने भएकाले उक्त बाँसको पुल ३ महिनासम्म पुल राख्ने कामतले बताए ।

कमेन्टहरु