देश

नागरिकताको लागि युवा समिति पश्चिम नवलपरासीद्वारा धर्ना तथा र्याली कार्यक्रम

जगत ठाडा मगर
२०७८ भदौ २० | मध्यान्ह ०८:०५ बजे

सुरेश यादव
नवलपरासी । नागरिकताको लागि युवा संघर्ष सकिति पश्चिम नवलपरासी द्वारा परासीमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा नारा लगाउदै र्याली कार्यक्रम सम्पन्न गरेकाे छ ।
photo 2021 09 05 20 41 36

साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिसदकाे कार्यालय एवम् गृहमन्त्री लाई ज्ञापन पत्र बुझाएको हाे । ज्ञापन पत्रमा जिल्लाका विभिन्न पालिकामा बासाेबास गर्ने जन्मेको आधारमा नेपाली नागरिकता पाउनु पर्ने र विभिन्न बहानामा नेपाल सरकारले नागरिकता दिनबाट बन्चित गरेकाे हुनाले उच्च शिक्षा हासिल गर्न सरकारी तथा गैह्रसरकारी जागिर पाउन एवम् त्यति मात्र हैन माेबाईलकाे सिमकार्ड पाउनबाट पनि बन्चित भएकाे नागरिकता विहिनहरु भनाइ रहेकाे छ ।

ज्ञापनपत्र बुझाउदै नागरिकता विहिन युवाहरुले यदि हाम्रा मागलाई बेवास्ता गरि समयमा सम्बाेधन नगरेमा याेभन्दा पनि संघर्षमा जान बाध्य हुने संघर्ष समितिले जनाएको छ ।

परासीकाे हाटबजार बाट सुरु गरिएको र्याली बुद्ध चाेक हुदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगि काेढसभा गरिएकाे थियाे । सभा कार्यक्रममा नागरिकताको लागि युवा संघर्ष समिति पश्चिम नवलपरासीका संयाेजक राकेश चन्द्र ठाकुर,केन्द्रीय संयाेजक ईन्द्रजित साफी, नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरी, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, समाजसेवी शम्भु उपाध्याय, २०० भन्दा बढी नागरिकता विहिनहरुकाे सहभागिता रहेको थियाे ।
photo 2021 09 05 20 41 39
photo 2021 09 05 20 41 38
photo 2021 09 05 20 41 42

कमेन्टहरु