देश

गाउँपालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक तथा अनुगमन कार्यक्रम सुस्तामा सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ २० | मध्यान्ह ०६:०५ बजे

महेश यादव
नवलपरासी । गाउँपालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक तथा अनुगमन कार्यक्रम पश्चिम नवलपरासीको सुस्ता ४ गोकुल नगरमा सम्पन्न भएको छ ।
photo 2021 09 05 18 57 40

सवांद किशोर किशोरी सञ्जालकी अध्यक्ष सुमन कुमारी गुप्ताको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले लामो समयको कोरोना महामारीले गर्दा शैक्षिक क्षेत्र बन्द रहेको अवस्थामा किशोर किशोरीहरुले बालबालिकाको भविष्य निर्माण गर्नका लागी होम कोचिंग सञ्चालन गरि उनिहरुको शैक्षिक गुणस्तरलाई बनाई राख्न अहम भुमिका निर्वाह गरेको प्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो । साथै होम कोचिंग सञ्चालन गर्दा किशोर किशोरीहरुले भोग्नुपरेको समस्या तथा कठिनाईहरुलाई मध्य नजर गर्दै उहाँहरुको माग पुरा गर्नका लागी आवश्यक पर्ने शैक्षिक समाग्रीहरु सुस्ता गाउँपलिकाले छिटो भन्दा छिटो उपलब्ध गराउने अध्यक्ष पाण्डेले प्रतिबद्धता जनाउनुभएको थियो ।

एबीसि नेपालको आयोजना तथा स्ट्रोम फाउण्डेशको सहयोगमा सम्पन्न भएको कार्यक्रममा सुस्ता गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अशोक कुमार गुरुंग, ५ का वडाध्यक्ष प्रभुनाथ यादव, गाउँपालिका पोषण शाखाका भागिरति पाल, एबीसी नेपालका सुपरवाइजर राजमन बरई, सजिंत शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो ।
photo 2021 09 05 18 57 41

भोलिन्टियर बिना गाहा मगरको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन भोलिन्टियर पुजा गौतमले गर्नुभएको थियो । साथै एबिसि नेपालले गरिब तथा विपन्न परिवारहरुलाई विभिन्न ब्यवसाय सञ्चालन गरि जिकोपार्जन गर्नका निमित गरेको आईजिए सर्पोटको अनुगमन समेत गरिएको थियो ।

कमेन्टहरु