देश

सिरहाबाट तीन जना फरार प्रतिवादी पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ २० | मध्यान्ह ०५:०५ बजे

सिरहा २० भदौ । सिरहा प्रहरीले तीन जना फरार प्रतिवादीलाई सिरहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ६ बस्ने २६ वर्षीय संजय कुमार यादव, लहान नगरपालिका वडा नं २० हरीनगर बस्ने ५८ वर्षीय चन्देश्वर ठाकुर र सिरहाकै भगवानपुर गाउँपालिका वडा नम्वर ४ वस्ने २९ वर्षीय सुर्य भन्ने सुरज रहेका छन् ।

संजय कुमार यादवलाई सिरहा जिल्ला अदालतले २०६५ कार्तिक २८ गते लागूऔषध मुद्दामा १ वर्ष कैद र १० हजार जरीवाना सुनाएको थियो । यस्तै चन्देश्वर ठाकुरलाई अदालतले २०७३ माघ ११ गते भ्रष्टाचार मुद्दामा १ वर्ष ६ महिना २० दिन कैद र ७ लाख ५५ हजार १ सय ६५ रुपैया जरिवाना फैसाला सुनाएको थियो ।

सुरज यादवलाई अदालतले २०७२ साल भदौ १९ गते कुटपिट मुद्दामा २ वर्ष कैदा फैला सुनाएको थियो ।
आफ्नै गाउँ–घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी टोलिले यादवलाई शुक्रबार पक्राउ गरेको थियो ।

ठाकुर र यादवलाई भने शनिबार ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला अदालत पठाइएको सिरहाका प्रहरी प्रवक्ता सुभाव बुढाथोकिले जानकारी दिए ।

कमेन्टहरु