फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

रासस
२०८३ साउन २० | मध्यान्ह १२:०४ बजे

काठमाडौँ, साउन २०। नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त हुनुभएको छ ।नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
शपथग्रहणपछि मन्त्री मेहताले परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।






















