देश

काठमाडौ महानगरका संस्थागत विद्यालयका शिक्षकशिक्षिकालाई नेपाल भाषा शिक्षण तालिम

जगत ठाडा मगर
२०७८ भदौ २० | मध्यान्ह ०१:०५ बजे

काठमाडौ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका संस्थागत विद्यालयका शिक्षकशिक्षिकालाई नेपाल भाषा शिक्षण तालिम दिएको छ।

महानगरको शिक्षा विभागले स्थानीय भाषाको अध्ययन–अध्यापनलाई सरल र व्यावहारिक बनाउन तालिम दिएको हो। शिक्षा विभागको आयोजना र नेवाः स्यनामि दबूको प्राविधिक सहयोगमा भदौ १३ देखि भदौ १९ गतेसम्म तालिम दिइएको जनाइएको छ। शुक्रबार तालिम समापन अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा नेपाल, नेपाली र अंग्रेजी गरी तीनवटा भाषामा तयार पारेको शब्दचित्र पुस्तिकाहरू सार्वजनिक गरिएको थियो। शिक्षा अधिकारी रामप्रसाद खनालले शिक्षण पद्धतिलाई एकरूपता प्रदान गर्न तालिम र क्षमता विकासअन्तर्गत तालिम दिइएको जानकारी दिए।

महानगरपालिकाले आफूमातहतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा कक्षा एकदेखि आठसम्म गत वर्षदेखि काठमाडौंको चिनारी समेटिएको ‘येँ देय् म्हसीके’ नामक पाठ्यक्रमको अध्यापन सुरु गरेको छ।पाठ्यक्रम पठनपाठनका लागि प्रशिक्षण सहायकका लागि प्रशिक्षण सञ्चालन गरिएको थियो। प्रशिक्षणमा विभिन्न ५५ संस्थागत विद्यालयका करिब ७० शिक्षकशिक्षिकाको सहभागिता रहेको थियो।

कमेन्टहरु