देश

राजतंन्त्र फाल्न तथा जातिय विभेद अन्त्य गर्न नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गर्‍यो : मौलाना मशहूद

जगत ठाडा मगर
२०७८ भदौ २० | मध्यान्ह १२:०५ बजे

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खाले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथीमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडे रहेको थियो ।

अतिथीहरुमा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्णनगरका नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायत रहेका थिए।

कृष्णनगर नगरपालिका वडा नं. २ मा रहेको मुस्लिम समुदायिक हलमा वडा नं. १, २, ३ को संयुक्त भेला गरि ११/११ सदस्यीय वडा कमिटी गठन गरेका छन।
उक्त संयुक्त भेलामा उपस्थित लगभग ५०० जना मान्छेहरुको सर्वसहमतिबाट वडा नं.१ को अध्यक्ष सेराज अहमद खां, वडा नं.२ को अध्यक्ष अजय गोयल (डब्बु) र वडा नं.३ को अध्यक्ष खुर्शेद आलम खांलाई निर्विरोध निर्वाचित गरेको नगरसचिव बन्जाडेले बताएका छन।

नवनियुक्त पदाधिकारीहरुलाई प्रमुख अतिथी बन्जाडेले टिका लगाएर स्वागत गर्दै आआफ्नो पद ग्रहण गरेर पार्टीको हकहितका लागि काम गर्न तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नका लागि आजै देखि लाग्ने निर्देशन दिदै नवनियुक्त पदाधिकारी हरुलाई सपथ समेत खुवाए ।

कृष्णनगर शिक्षा, स्वास्थ्य, बाटो घाटो, कृषि लगायत अन्य बिषयमा पिछडिएको क्षेत्र हो यो क्षेत्रलाई नेकपा माओवादी केन्द्र बाहेक अरु कसैले अगाडी लैजान नसक्ने बताउदै बन्जाडेले माओवादी केन्द्रले गरेको आफ्नो चुनावी घोषणाहरु सके सम्म पुरा गर्दै आइ रहेको बताए ।

उनका अनुसार गरिब, असहाय, दलित, आदिवासी, जनजाती तथा मुस्लिम समुदायको हक अधिकारका दिलाउनको लागि शुरु देखि नै माओवादी केन्द्रले लडदै आएको र हक अधिकार दिलाउनमा सफलता पनि पाएको छ । आज नवनिर्वाचित कमरेडहरु यदि कृष्णनगरको उद्धार गर्न छ भने आजैदेखि योजना‌‌ बनाएर आआफ्नो स्तरबाट माओवादी केन्द्रलाई बलियो बनाउनुपर्ने‌ अवस्था रहेको कुरा प्रमुख अतिथी बन्जाडेले बताए ।

उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदयदेखि धन्यवाद दिदै नवनियुक्त पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना समेत दिए । सदियौदेखि नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई अन्त्य गर्नको लागि नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गरेको छ ।

देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ । बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका खाए पनि माओवादी केन्द्रले देशको हक हितको निम्ति काम गर्नका लागि उचित निर्णय गरी सुखी शान्ति समृद्धि नेपाल बनाउने प्रयासमा लागेको छ।

नेपालमा गणतन्त्र स्थापना गर्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) को योगदान महत्वपूर्ण रहेको । गाउगाउमा सिंहदरबार पहुचाउनको लागि लिएको संकल्पलाई पुरा गर्दै अगाडी बढी रहेको छ। नेपाल सेनामा पदपुर्ति गर्नको लागि यसै बिचमा भर्ना खोलेको छ ।

तर नेपालको अल्पसंख्यक मुस्लिम समुदायलाई बेवास्ता गरि अल्पसंख्यक मुस्लिम समुदायको हक अधिकार खोस्ने काम गरि भइरहेको छ तर पनि हामी आफ्नो‌ हक अधिकार पाउनको लागि संघर्ष गरिरहेका छौँ र कुनै न कुनै दिन हामी पक्कै सफल हुनेछौं भन्दै खां‌ नेपालीले गुनासो समेत पोखेका थिए।

कार्यक्रम संचालक विनय शर्मा तथा कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां,अब्दुल अजीज अन्सारी वसीम पठान, सलमान खान, युवा नेता जुम्मन खां, प्रहलाद यादव लगायतहरुको महत्वपूर्ण भूमिका रहेको थियो।

कमेन्टहरु