देश

सखुवान्नकारकट्टी गाउँपालिकाले समग्रमा छुट्टै पहिचान बनाउन सफल – अध्यक्ष केदारनाथ यादव

जगत ठाडा मगर
२०७८ भदौ २० | बिहान ०८:०५ बजे

लहान, २०भदौ । “कला.साँस्कृति हाम्रो पहिचान , समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचान” नारा बोकेका पालिकाले हाल छुट्टै पहिचान दिइएको देखिन्छ। सिराहाका १८ पालिकामध्ये सखुवान्नकारकट्टी विकासदेखि समग्र क्षेत्रमा छुट्टै पहिचान सहित प्रस्तुत भएको अनुमान गर्न सकिन्छ।

शिक्षा, स्वास्थ्य, सडक, सिचाईमा विकासको समन्वय भएको स्थानीयको अनुभुति रहेको पालिका अध्यक्ष केदारनाथ यादवले बताए । बलान – कटान नदीले वडा न. ४ लाई क्षति पारेकोमा पालिका स्तरीय योजनाबाट नियन्त्रणमा लिइएको अध्यक्ष यादवले बताए ।

युवाहरूलाई खेलकुद कार्यक्रम अन्तर्गत खेलकुद सामग्रीदेखि लिएर पालिका सक्दो सहयोग गरेको छ।पठनपाठन, कटनिया नदी नियन्त्रण, बर्थिङ्ग सेन्टर, ओपिडि, ल्याब लगायत झण्डा महोत्सवमा प्रत्येक वर्ष विभिन्न क्रियाकलापका बारे अनुभुति दिलाउँदै पुर्ण समृद्धि पथमा रहेको स्थानीय युवकको कथन रहेको छ।

त्यस्तै आर सिसि ढलान, मन्दिरनिर्माण, सामुदायिक भवननिर्माण, कृषि विधुतिकरण लगायत भौतिक पुर्वाधार र लक्षित वर्गका क्षेत्रमा गाउँपालिकाले उदाहरणीय कामहरु गरेको देखिन्छ । जनप्रतिनिधि निर्वाचित भएको दिन देखि पहिलेको तुलनामा हाल गाउँपालिकामा धेरै सकारात्मक परिवर्तन आएको एक स्थानीय गुरदेव यादवले बताए ।

कमेन्टहरु