प्रभावशाली समुहद्वारा पीडितलाई राहत वितरण, स्थानिय खुशी


विनोद मण्डल
नवलपरासी । विगत केही समय अगाडि लगातारको अविरल वर्षाका कारण अाम जनजीवन प्रभावित भएको थियो । जहाँ पानीको अनियन्त्रित बहावले दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पर्दा स्थानिय जनजीवन कष्टमय बनेको थियो ।

पश्चिम नवलपरासी जिल्लाको विभिन्न भागमा डुवान हुँदा मानविय जीवन कष्टमय भएको अबस्थामा एकातिर कोरोना संक्रमण बढिरहेको र अर्कोतिर प्राकृतिक विपत्तिका बेला सरकार र स्थानिय निकाय मौन बसिदिदा विपन्न वर्गका मानिसहरू र बाढी पीडित अाम मानिसहरू संकटपूर्ण अवस्थामा जिउन विवस भएको अवस्थामा प्रभावशाली समुह पीडितको सहयोगार्थ राहत वितरण कार्यलाई अगाडि बढाएको हो ।
जिल्लाको प्रतापुर गाउँपालिका वडा नं २ को कालिटोला र वडा नं ४ बर्दघाटेमा आज युवाहरुको विशेष सक्रियता र अगुवाइमा ४२ हजार बराबरको राहत सामग्री वितरण गरिएको संयोजक दिनेश यादवले बताउनुभयो ।

निर्धारित समयमा वितरण थालिएको कार्यक्रममा चामल, आलु, दाल, तेल, नुन, सोयाबिन, बेसार, मसाला, प्याज लगायतका खाध्यान्न वितरण गरिएको लुम्बिनी प्रदेश न्यूजका सञ्चालक राजु यादवले जानकारी गराउनु भएको छ ।






















