देश

वर्तमान सरकारले एमसीसी झुक्याएर पास गर्न खोजेका होलान् : केपी ओली

जगत ठाडा मगर
२०७८ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सरकारप्रति आशंका व्यक्त गरेका छन् ।

संघीय संसद्को प्रतिनिधिसभामा लामो समयदेखि स्थगित रहेको एमसीसी सम्झौताबारे पछिल्लो समय चर्चा बढेको बेला पूर्वप्रधानमन्त्री ओलीको टिप्पणी आएको हो । ‘कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे । अहिले एमसीसीबारे बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्,’ ओलीले भने, ‘बोल्दैनन्, के गर्ने हो ? भन्दैनन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे खुलस्त पार्नुपर्ने ओलीले बताए । ‘जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन ? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ?,’ उनले थपे, ‘हिजो साइन गर्नुभएको थियो त’

एमसीसीबारे देउवा र दाहाल गुपचुप रहेको ओलीले बताए । ‘यस्ता अनगिन्ती कुराहरू उहाँहरूले गोप्य राखेर, नेपाली जनतालाई छक्याएर विकास निर्माण विकासको गतिलाई रोकेर’ राखेको ‌ओलीको आरोप थियो ।

कमेन्टहरु