देश

पार्टी फुटेको होइन, बिग्रिएका तत्वहरू चोइटिएका हुन : ओली

जगत ठाडा मगर
२०७८ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएर केही बिग्रिएका व्यक्तिहरू चोइटिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीमा बिग्रिएका व्यक्तिहरू मन्त्री खानका लागि चोइटिएको बताए । फेरि ठूलो भुइँचालो जानेवाला छ भनिएको छ, ठूलो फुट आउनेवाला छ भन्ने कुरा छन्´ ओलीले भने अहिले पार्टीमा बिग्रिएका तत्वहरू, धेरै पहिलेदेखि बिग्रिएका थिए । जहिले पनि पार्टीमा झमेला गरेको छ । पार्टी फुटेको होइन, बिग्रिएका तत्वहरू चोइटिएका हुन्´।

अहिलेको सत्तारुढ गठबन्धको आलोचना गर्दै ओलीले मन्त्री पदका लागि मात्रै गठबन्धन भएको बताए । उनले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ अगाडि बढ्न निर्देशन दिए । ओलीले माधव नेपालले जहिले पनि पार्टीमा झमेला गरेर पार्टीलाई कमजोर बनाएको बताए ।

विगतमा नेतृत्वमा हुँदा नेपालले पार्टीलाई ठूलो क्षति पुर्‍याएको ओलीको आरोप छ । एमाले भदौ ९ गते औपचारिक रूपमा विभाजन भएको थियो । विभाजनपश्चात माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

कमेन्टहरु