पश्चिम नवलपरासीको पाल्हिनन्दनमा विद्यालय भर्ना अभियान सुरु

जगत ठाडा मगर
२०७८ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

सुरेश यादव
नवलपरासी /भदौ १९ । आज (शनिबार)देखि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ५ मा विद्यालय भर्ना अभियान सुरु भएकाे छ ।

समावेशी संस्था पाल्शिनन्दन वडा नं ५ सिसवाका अध्यक्ष अमरमणी गुप्ताको नेतृत्वमा विद्यालय भर्ना अभियान आजबाट सुरु गरिएको छ ।
समावेशी संस्थाकाे आयाेजना तथा राजनारायण माध्यमिक विद्यालय गेरमी एवम् राधाकृष्ण माध्यमिक विद्यालय विष्णुपुराकाे सहकार्य तथा समाजसेवी रामबहादुर कुर्मीकाे सहयोगमा विद्यालय भर्ना अभियान सुरु भएको हाे ।
भर्ना अभियानमा स्थानीय युवा र समाजसेवीहरुकाे सहभागिता रहेको समावेशी संस्थाका अध्यक्ष अमरमणी गुप्ताले बताउनु भयाे ।






















