देश

राजविराजमा पानीको निकासा नभएको कारणले मुल सडकमै माछा पालन

जगत ठाडा मगर
२०७८ भदौ १९ | बिहान ११:०५ बजे

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाहरूको मुख्य सडकमा पानीको निकासा नभएको कारणले सडकको मुख्य छेउ – छेउमा माछाहरू बस्न थालो बनेको छ ।

राजविराजको मुख्य सडकहरूको दुर्दशा दिन प्रति दिन बढदै गएको स्थानिय बासिहरूको भनाई रहेको छ । राजविराजको सडकमा कतै सुँगुरको घर, कतै गोरूहरूको घर, कतै कुकुरहरूको घर त कतै फोहरहरूको ठाउँ यथावत् रूपमा देखा परेको छन् ।

यो दृशय राजविराजको छिन्नमस्ता एजुकेशन एकेडमी जाने मुख्य सडकको हो। मुख्य सडकमा पानिको निसासा नभएको कारनले मछाले आफ्नो बास स्थान बनाउनु भएको छ। जहाँ स्थानिय बासिहरू माछा मार्नमा बेस्त रहेको फोटो क्यमरामा केद भएको छ।

स्थानिय तहको पाँच साल बितन लागको तर राजविराज नगरपालिकाको बिकास शुन्य अवस्था रहेको स्थानीय युवा नेता सत्येन्द्र नारायण यादव बताउँछ । समाजिक सञ्जाल देखी पत्रपत्रिमा समेत दुर्गन्धित राजविराज नगरि प्रष्ट रूपले देखा परेको छन् ।

राजविराजको विकास नहुको कारन स्थानिय बासि नगपरपालिकाको मेयर माथि आरोप लगाउँछ। उता मेयर ठिकेदार माथि ओरोप प्रति आरोप लगाउँदै आएका छन् । कतै वाड अध्यक्ष, कतै अध्यक्ष,कतै मेयर, कतै अधिकृत, कतै ठिकेदार बास्तमा दोषि जन्ता नै हो तर्क बितर्क सप्तरीको सबै स्थानिय तहमा अहिले आगो जस्तो बलेको छ।

जन्ताले नराम्रो जन्प्रतिनिधिहरूलाई रोज्नु भएको कारनले यस्तो बेहाल अवस्था राजविराज नगरपालिका रहेको स्थानिय युवा तिर्थ नारायण दासले बताउनु भएको छ।

कमेन्टहरु