कैलालीमा विङ्गर र अटो रिक्साबीच झडप हुँदा ३ जनाको मृत्युु, ५ जना घाइते


धनगढी । कैलालीमा विङ्गर र अटो रिक्सा झडप हुँदा तीन जनाको मृत्युु भएको छ । भने पाँच जना घाइते भएका छन् ।
शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरी रहेको सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो।
उनीहरू अटोमा सवार थिए।
गम्भीर घाइते भएका उनीहरु तीनै जनाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए ।
उनका अनुुसार दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका-९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका-१० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् ।
उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्येका सुरेन्द्र चौधरी अटो चालक हुन् भने धने रावल विङ्गरका सहचालक हुन् । विङ्गरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।






















