देश

नेपाली कांग्रेसका कार्यकर्ता भेला भव्यतापूर्वक लालकिल्लामा सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ १९ | बिहान ०८:०५ बजे

बिनाेद मण्डल
सिराहा । तत्कालीन नेकपा एमालेको लालकिल्ला भनेर चिनिएका साविक गाउँ विकास समिति विष्णुपुरकटटी ३ सरे खोला तथा हाल धनगढीमाई १४ को मदन भण्डारी माविमा नेपाली कांग्रेसका कार्यकर्ता भेला सम्पन्न भएको छ ।
photo 2021 09 04 07 59 27

विगतमा कम्युनिस्ट पार्टीको लालकिल्ला भनेर चिनिएका यस ठाउँमा पछिल्लो राजनीतिक उथलपुथलको कारण नेपाली कांग्रेसका संगठन मजबूत बन्न थालेको नेताहरुको भनाई रहेको छ ।
अधिकांश वक्ताहरुले आउने निर्वाचनमा नेपाली कांग्रेसको विजय निश्चित भएकोले निरन्तर जनताको घर दैलोमा जनताको सेवामा समर्पित भएर लागिरहेको वक्ताहरुको भनाई रहेको थियो ।

नेपाली राजनीतिको केन्द्रमा केन्द्रिय भूमिकामा रहेको नेपाली कांग्रेसको १४ औं आसन्न महाधिवेशनलाई लक्षित गरी आयोजित कार्यक्रममा कार्यकर्ताहरु नगरका मडयान, महाजनी, दलमे, खुट्टी, चट्यान, मैनी खोला, रैनी खोला, हातिढुंगा, लालपुरे टोल, करम चौरी, चकमके, कसाइटार, विहीवारे, अमिल्टार लगायतबाट उल्लेखिय कार्यकर्ताको भेला मदन भण्डारी मावि परिसरमा दिउसो १ बजे देखि शुरू भएको थियो ।

नेपाली कांग्रेसका वयोवृद्ध नेता कटक बहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य युवा चर्चित नेता अमित ठकुरीले गर्नुभयो भने कार्यक्रमको सञ्चालन गौरव शाहीले गर्नु भएको थियो ।

कमेन्टहरु