देश

शुद्धोधनमा किशोर किशोरी सञ्जालद्वारा बालविवाह विरुद्ध नाटक कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ १९ | बिहान ०७:०५ बजे

कपिलवस्तु । शुद्धोधन गाउँपालिका स्तरिय किशोर किशोरी सञ्जालद्धारा वालविवाह अन्त्यका लागि वडास्तरिय वालविवाह बिरुद्धको सडक नाटक प्रदर्शनको आज लबनी स्वास्थ्य चौकीमा समापन गरिएको छ ।
photo 2021 09 04 07 55 03

सहयोगमा U.N.F.P.A( संयुक्त राष्ट्र जनसंख्या कोष) , marie stopes lnternaronal ( सुनौलो परिवार नेपाल ), Australin Aid समन्वयमा शुद्धोधन गाउँपालिका कपिलवस्तु आयोजक शुद्धोधन गाउँपालिका स्तरीय किशोर किशोरी सञ्जाल कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निसार अहमद खाँ, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सुधा देवी पाण्डेय, विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , अतिथि स्वास्थ्य शाखा प्रमुख असफक अहमद खाँ, वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार यादव लगायत मन्तव्य दिनुभएको थियो ।शुद्धोधन गाउँपालिका स्तरीय किशोर किशोरी सञ्जालका अध्यक्ष शेषकला पाण्डेय र सञ्जालका सम्पूर्ण टिमका सदस्यहरु,विष्णुप्रसाद ज्ञवाली, अर्जुन थापा, राजु लम्साल शर्मा, राम मिलन चौधरी, विद्या सहानी, प्र.चौ.ई. दामोदर डाँगी, प्रधानाध्यापक लाल चन्द पाण्डेय, युवा नेता कमलेश शारण चौधरी, बुद्धिजीवी, समाजसेवी, किशोर किशोरी संजालका सम्पूर्ण टिम तथा युवा क्लबका सदस्य र प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

photo 2021 09 04 07 55 05

कमेन्टहरु