नेपाली कांग्रेसका कार्यक्रममा शिक्षक चन्द्र भुसन साह

जगत ठाडा मगर
२०७८ भदौ १८ | मध्यान्ह ०८:०५ बजे

दोलखा । जिल्लाको बिगु गाउँपालिका वडा नम्बर -८ खोपाचागुमा अवस्थित श्री हिमालाय माबि खोपाचागु ब्याडचौरका शिक्षक चन्द्र भुसन साह नेपाली कांग्रेसको कार्यकर्ता भएर खुलम खुल्ला पार्टीका कार्यक्रममा हिडेका छन ।
उनी माबि तहको बिज्ञान बिषयका शिक्षक हुन । उनी बिद्यालय समयमा पनि पार्टीको कार्यक्रममा बिगतदेखि हिड्ने गरेको अभिभाबकको गुनासो रहेको छ ।
उनि २०७८-०५-१८ गते पार्टीको बैठकमा बिद्यालयको पठन पाठनको काम छोडेर राजनितीक दलको कार्यक्रममा सहभागी भएका हुन । उनलाई बिद्यालयको प्रधानध्यापक कालू जिरेल र ब्यवस्थापन समितिको अध्यक्ष जाङ्बो शेर्पाले समेत संरक्षण गरिरहेको स्थानिय र अबिभाबकको जन गुनासो रहेको छ ।






















