देश

करेन्ट लागेर महोत्तरीमा एक महिलाको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ १८ | मध्यान्ह ०७:०५ बजे

महोत्तरी, १८ भदौ । महोत्तरीमा करेन्ट लागेर शुक्रबार एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको लोहारपट्टि नगरपालिका वडा नम्वर ७ बस्ने हाल माईतीघर मटिहानी नगरपालिका वडा नम्वर २ बर्दाहा बस्ने २८ वर्षीया शोभा यादवलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा कल चलाउन गएको बेला करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतल जनकपुरमा नै राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु