सरकारलाई भीम रावलको प्रश्न : दार्चुलामा भारतीय हेलिकप्टर निरन्तर उडेको थाहा छ कि छैन ?

जगत ठाडा मगर
२०७८ भदौ १८ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुलामा अनुमति विना भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले विना अनुमति नेपाली भूमिमा भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका हुन् ।रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको कुरा सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न समेत गरेका छन् ।
रावलले लेखेका छन् ‘दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको हो ?’
सुरक्षा संवेदनशीलताबारे प्रश्न गर्दै रावलले भनेका छन् ‘गठबन्धनका लागि सरकार बनेको मन्त्रीको भागबण्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’






















