देश

खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो

जगत ठाडा मगर
२०७८ भदौ १८ | बिहान ०९:०५ बजे

काठमाडौं । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा पदपूर्तिका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले देशका विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा जारी गरिएको छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति असोजको १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।

photo 2021 09 03 09 57 11

कमेन्टहरु