देश

पालिकावासीको सन्तुष्टि नै मेरो सन्तुष्टि : उपाध्यक्ष बेचनी कुमारी सरदार

जगत ठाडा मगर
२०७८ भदौ १८ | बिहान ०८:०५ बजे

विसुन देव सरदार
लहान । सप्तरीको रुपनी गाउँपालिकाकी ४० वर्षीय उपाध्यक्ष श्री बेचनी कुमारी सरदार विकासको कामकाजलाई आफ्नो प्रमुख ऐजेन्डा मानिएकी छिन।पालिकावासीको संतुष्टि नै मेरो सन्तुष्टि बताउँछिन।
photo 2021 09 03 08 26 17

जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएकी सरदार अहिले वहाँले गरेका कामकाज प्रशंसनीय बन्दै गएको छ। नेत्री सरदार पालिकाका गाडी स्कुटर अस्विकार समेत गरेकी छिन।

सहयोग, न्याय, घरेलुु हिंसा नियन्त्रण, सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्यमा विशेष रुपमा प्रस्तुत भएकी छिन। जनताको समस्यालाई आफ्नो समस्या मानिएको देखिन्छ । जसरी विभिन्न बाधा अवरोध बिच गाउँवासीले सरदारलाई विजयी बनाए, त्यसरी नै जनमुखी कामकाजलाई निरन्तरता दिनु भएकी हुन।
photo 2021 09 03 08 26 20
५ वर्षको अवधिमा पालिकाले धेरै प्रतिशत कामकाज पूरा गरेको छ। अबको बाँकी काम पनि केही दिनमा पूरा हुने बताइन। समृद्धिको अर्को नाम परिवर्तन हो , परिवर्तनको क्रान्ति छर्लङ्ग रुपमा पार्दर्शिता हुनुपर्छ ।
वहाँकी सोच , विचार , धारणा र सहनशीलता समाजमा एउटा चर्चाको विषय बनेको छ।

रुपनी गाउँपालिकामा जम्मा ६ वटा वडाहरु छन;-
वडा न. १ नकटी , वडा न. २ हरिरबा , वडा न. ३ कटहिया , वडा न.४ छपकी (भथौल) , वडा न.५ बसपिट्टी , वडा न. तेरहौता गाउँहरु पर्दछन।
महिला न्यायिक सरोकारका विषयमा मेलमिलाप केन्द्र स्थापना पालिका भित्र ल्याए , त्यस अनुसार अहिलेसम्म २ जनालाई सम्बन्ध विच्छेद घटना आएकोमा मिलापत्र गराई अहिले पुर्ण भेदभाव रहित बनाई दिइएकी छिन।त्यसगरी सार्वजनिक जग्गाको विषयमा विसपिट्टीमा ५ कठ्ठा गाउँब्लकको जग्गा रहेका छन।

डोम समुदायका लागि मात्र जनता आवास कार्यक्रम ल्याएकोमा गरिब , दलितका लागि आर्थिक सहयोग स्वरुप पालिकाबाट जस्तापाता वितरण गरिएको हो ।

पालिकाले कानुन बमोजिम सम्पूर्ण हक र अधिकार उपमेयर सरदारलाई दिइएको छ। त्यसैले जनताको कामकाज गर्न पुर्ण सहज बन्दै गएको अभिव्यक्त राखे। सप्तरी जिल्लामा जम्मा १८ पालिका मध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन।
विकासले समेतले पालिकाले फड्को मारेको अनुमान लगाउन सकिन्छ । उपलब्ध स्रोत साधनलाई ध्यामा राखेर समग्र रुपनीको चौतर्फी विकासका लागि रुपनी जनप्रतिनिधिहरु प्रयत्नशील रहेका छन। हाट बजार व्यवस्थापनमा रुपनी बजार प्रत्येक सप्ताहको आइतबार , बुधबार ।विरेन्द्र बजार लागिन्छ।

कटैया हटिया पुर्ण व्यवस्थित रहेका छन। सोलार बत्ती जडान चौकचौकमा रहेका छन।आर सी सी ढलान १, २ , ३,४,५,६ सबै वडाहरुमा भएकै हो । लक्ष्यित वर्गका लागि जस्तै सिलाई कटाई , चुडी , लाह लगायत विभिन्न कार्यक्रम गराएर स्थानीय ल्वभाम्वित भएका छन।

नेपाल बांतर सरदार अल्पसंख्यक छ तर अनुशासन, इमानदारी, मिहिनेत र लगनशीलताले अधि बढदै गएको सरदारले बताइन् । गरिब, दलित, असहाय, अपांगलाई सहयोग गरे उन्नतिको मार्ग हुने भनेकी हुन। रुपनी गाउँपालिका अबको केही दिनमा एउटा नमुना र समृद्ध गाउँपालिका हुने प्रतिबद्धता जनाएकी हुन। उपमेयर बेचनी कुमारी सरदार २०५० सालमा एस.एल.सी , ०५२ सालमा इन्टर र ०५३ सालमा स्नातक पहिलो वर्षसम्म पढेकी हुन।

यो सँगै जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित गाउँपालिका मेयर हरेराम यादव पालिकाले उत्कृष्ट काम गरेकाले जिल्ला अदालत सप्तरीले उत्कृष्ट प्रमाणपत्र दिइएको बताए । त्यसतै नव आगन्तुक २०७८/१/१७ गते देखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी पालिका भित्र कर्मचारीको समस्या नभएकाले काम गर्न सजिलो भएको बताए।

उपाध्यक्ष सरदार जनताको कामलाई ५ मिनेट पनि लगाउदैन्न। नेत्री सरदार सँग कामगर्दाको मज्जा नै बेग्लै रहेको पालिकाका का. स. रामऔतार यादव बताँउछ।नेत्री सरदारमा सवैलाई मिलाएर लैजाने गुण भएकाले नै सबैको प्यारी हुनु भाछ्। वहाँले सानो ठुलो कहिल्यै छुट्याएन्न । सबैलाई सम्मान व्यवहार गर्नु हुन्छ ।

कमेन्टहरु