रौतहटका जसपा प्रतिनिधिहरु लोसपा पक्षमा सनाखत गर्दै


सिताराम साह
रौतहट । रौतहटमा तत्कालीन राजपा हाल जसपा छाड्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पक्षमा ५२ जना जनप्रतिनिधिहरुले सनाखत गराएका निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनु भयो ।
बिहीबार निर्वाचन कार्यालय रौतहटमा उपस्थित भएर उनीहरुले आफू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहने भन्दै सनाखत गराएका हुन् ।
तत्कालीन राजपा हाल जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्नेमा मेयर अजय कुमार गुप्ता -१, वडा अध्यक्ष १० जना, महिला सदस्य ११ जना, दलित महिला सदस्य ४ जना, दलित र अल्पसंख्यक ३ जना, वडा सदस्य १९ जना, कार्यपालिका महिला २ जना, पुरुष कार्यपालिका सदस्य २ जना छन् ।
यसरी रौतहटमा जसपा छोडदै लोसपामा सनाखत गर्ने जनप्रतिनिधिहरुको भिडले रौतहटमा जसपा कमजोर बन्दै गएको लोसपाका नेता अजय कुमार गुप्ताले बताए ।
त्यसै गरि एकीकृत समाजवादी पार्टी रोज्नेमा ३४ जना जनप्रतिनिधिहरु रहेको निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए ।






















