देश

गोरु काटदै गरेको अबस्थामा काठमाडौंबाट ५ जना पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ १७ | मध्यान्ह ०४:०५ बजे

काठमाडौ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शंखरापुर–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबासहित पाँच जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनिहरुलाई बिहिबार बिहान उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले करिब ५ सय किलो गोरुको मासु बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

कमेन्टहरु