देश

नेकपा माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी तिव्र गतिमा गठन गर्दै

जगत ठाडा मगर
२०७८ भदौ १७ | मध्यान्ह ०१:०५ बजे

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटी गठन गरेको छ।
photo 2021 09 02 13 07 39

नेकपा माओवादी केन्द्रका नगर अध्यक्षमा जावेद आलम खां सचिव गणेश प्रसाद बन्जाडे, केशर वली, लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको नेतृत्वमा बुद्धावारका दिन वडा नं ४ तथा १२ मा वडा कमिटी गठन भएको छ। नेकपा माओवादी केन्द्रले कृष्णनगर नपाको १२ वटा वडामा शिघ्र वडा कमिटी गठनगरि भव्य बलियों नगरकमिटी गर्ने तैयारीमा रहेको नगर अध्यक्ष जावेद आलम खांले बताएका छन।

वडा नं.४ को सिर्सिहवा गाउमा लगभग ४०० बन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाटा वडा अध्यक्ष गीता देवी सुनार तथा सचिव वसीम फकीरको नेतृत्वमा १६ सदस्यीय वडा कमिटी गठन भयो र वडा नं.१२ को मानपुर बन्ने गाउमा ३०० भन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाट वडा अध्यक्षमा मुजम्मिल मुसलमान तथा सचिव कमला प्रसाद यादवको नेतृत्वमा १६ सदस्यीय वडा कमिटी गठन गरेको जानकारी नगरसचिव गणेश प्रसाद बन्जाडेले दिएका छन।

नवनियुक्त पदाधिकारीहरुलाई नगर अध्यक्ष जावेद आलम खां तथा केशर वलीले टिका लगाई स्वागत गर्दै आआफ्नो पदमा बसी पार्टीको हकहितमा काम गर्ना तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नाको आजै देखि लाग्ने निर्देशन दिदै नवनियुक्त पदाधिकारी हरु लाई सपथ समेत खुवाए उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिदै नवनियुक्त पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना समेत दिए।

photo 2021 09 02 13 07 42

सदियो देखि नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई खत्म गर्नाको लागि नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गरेको छ। देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाएको छ । तरपनि माओवादी केन्द्रले देशको हकहितको लागि काम गर्नाको लागि उचित निर्णयगरि सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ। गाउगाउमा सिंहदरबार पहुचावानको लागि लिएको संकल्पलाई पुरा गर्दै अगाडी बढ़ी रहेको कुरा उपाध्यक्ष खां नेपालीले बताउनु भयो ।

कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां, मोहम्मद मुस्लिम , प्रहलाद यादव लगायतहरुले ठुलै मेहनत गरेका थिए।

कमेन्टहरु