देश

कपिलवस्तुको शिवराज न पा ५ मा जसापा साँस्कृतिक महासंघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ १७ | बिहान १०:०५ बजे

घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तुको शिवराज न.पा.५ चन्द्रौटामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुखमन्त्री श्री कुल बहादुर केसीले तिलौराकोट जस्ता धर्मिक तथा पर्यटकिय स्थलहरु कपिलवस्तुमै रहेकोले यहाँको बिकाशको लागि सरकारले भौतिक तथा पुर्बधार मन्त्रालय कपिलवस्तुलाई दिएको बताउनुभयो !
photo 2021 09 02 09 59 38

संविधान तथा लोकतन्त्रको रक्षा गर्न सबैको दायित्व हो ! अहिलेको सरकारले समाजबाद्को रक्षा गर्नुको साथै नागरिकको जीवन स्तर बढाउनको उहाको भनाइ हो ,यो भन्दा अगाडिको सरकारले तीन बर्षमा नसकेको काम यो सरकारले छ महिना मा गर्ने प्रतिबद्दता यस्तै गरि विभिन्न कुराको बारेमा जानकारी दिनु भयो ।

लुम्बिनी प्रदेशको भौतिक तथा पुर्बधार मन्त्री माननीय श्री सहसराम यादवले जिल्लामा कतिपय योजनाहरु अलपत्र रहेकोले ती योजनालाई यसै बर्ष पुरा गर्ने लक्ष्य सहित योजना अधि बढाउछु भने मन्त्रीले बताउनु भयो । यस कार्यक्रममा बिना बिभगिय मन्त्री पुरमती ढेगा मगर ,सुस्मा शर्मा रायमाझीले लगायतले सम्बोधन गर्नुभएको थियो! बिजयनगर गाउँपालिका का जुझारु कर्मठ नेता जसापा कपिलवस्तु जिल्लाका जिल्ला उपाध्यक्ष श्री राम नेवाश पुरीले बिजयनगर गाउँपालिकाको विभिन्न क्षेत्रको बिकाशको लागि योजनाको माग गरिएको थियो ।
photo 2021 09 02 09 59 39

जसापाको नेता कृष्णकुमार चौधरी,लुम्बिनी प्रदेशको प्रदेश अध्यक्ष अशोक यादव र प्रदेश प्रबक्ता अकरम पठान लगायतले आफ्नो स्वागत मन्तव्य रख्नु भएको साथै जसापाका युवा नेता रहिस शाहको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको हो !

photo 2021 09 02 09 59 40

कमेन्टहरु