विश्वभर १ करोडभन्दा बढी सक्रिय संक्रमित, ७७ हजारको अवस्था गम्भीर

जगत ठाडा मगर
२०७७ कार्तिक ९ | बिहान ०९:०७ बजे

विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४६२ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ४ करोड २९ लाख २३ हजार ९४२ पुगेको छ । त्यसमध्ये ७७ हजार १९५ जना सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५५७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६५ हजार ७०५ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ५९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ७३६ पुगेको छ ।


















