वालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

जगत ठाडा मगर
२०७८ भदौ १६ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ।
आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाही बारे छलफल हुने ऊर्जामन्त्री पम्फा भुसालले जानकारी दिए । स्रोतका अनुसार आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ ।
सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद्ले पुर्णता नपाउदा सरकारका कामकारबाहीहरु प्रभावित हुँदै आएको छ।






















