देश

कपिलवस्तुको रुद्रपुरमा जनमत पार्टी कार्यालयको उदघाटन र श्रद्धाञ्जली बैठक तथा राहत वितरण कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ १६ | मध्यान्ह १२:०५ बजे

घनश्याम यादव
कपिलवस्तु । जिल्लाको पश्चिम क्षेत्रको रुद्रपुरमा जनमत पार्टी कार्यालयको उद्घाटन तथा स्वराजको आन्दोलनकारी पहिलो वीर सहिद राम मनोहर यादवको सम्झनाप्रति श्रद्धाञ्जली बैठकको आयोजना गरिएको थियो।
photo 2021 09 01 12 22 09

उक्त बैठकमा अति बिपन्न गरिब परिवारका आठ जनालाई राहत स्वरुप कम्बल वितरण गरिएको हो। जनमत पार्टी स्वराजको आन्दोलनको क्रममा, जिल्लाको पुर्बी क्षेत्रको लवनीमा पहिलो वीर शहीद राम मनोहर यादवको स्मृति सम्झनामा तीन जना गरिब परिवारलाई राहत स्वरूप कम्बल वितरण गरिएको थियो।

जनमत पार्टी कपिलवस्तुको जिल्ला संयोजक राम लाल यादव, कोषाध्यक्ष हनीफ गद्दी लगायत द्वारा पार्टीका बिभिन्न रुद्रपुर चौकमा पार्टी कार्यालयको उदघाटन तथा श्रद्धाँजली कार्यक्रम गरिएको थियो।
photo 2021 09 01 12 22 11

कपिलवस्तुको जिल्लाको पश्चिम क्षेत्रको उक्त कार्यक्रममा, गृह जिल्ला केन्द्रीय सदस्य योगेंद्र चौधरी, राम नेवास चौधरी, देवराज चौधरी, पिटु यादव, मनोज माली, रमजान खान, संजय गुप्ता, विजय यादव, सोहन सुतार, रमाशंकर तिवारी, न्यूटन तिवारी, प्रबेज खान, तौफिक, रियाज, दिवाकर मिश्रा, संजय पाण्डे, शिवकुमार यादव लगायत सयौं नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
photo 2021 09 01 12 22 12

कपिलवस्तु जिल्लाको पूर्वी क्षेत्रको लवनीमा जनमत पार्टी कपिलवस्तुको जिल्ला सचिव बीडी यादवको नेतृत्वमा कार्यक्रम आयोजना थियो। उक्त कार्यक्रममा जिल्लाको पश्चिम क्षेत्र कृष्णनगर नगरपालिका जनमत पार्टीको मेयर पदको प्रत्यासी युवा नेता मनोज कुमार ओझा लगायत सयौ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

photo 2021 09 01 12 22 14

कमेन्टहरु