नेकपा एकिकृत समाजवादीको बैठक सम्पन्न


वीरगंज । पर्सामा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ ।
बालगाेपाल थापाकाे नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको हो । जिल्ला सचिवालयकाे मंगलबार बसेकाे बैठकले सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेकाे अध्यक्ष थापाले वताए ।
जिल्लाकाे सदरमुकाम वीरगंजमा बसेकाे सचिवालयकाे बैठकले प्रतिगमन बिरोधि आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वकाे नेकपा (एकिकृत समाजवादी)मा समाहित हुने निर्णय गरेकाे उनले जानकारी दिए ।
नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यमा बसेको बैठकले नवगठित जिल्ला कमिटीकाे सपथ ग्रहण वीरगंज बसपार्कस्थित साेल्टी पार्टी प्यालेसमा भदाै २६ गते गर्ने निर्णय समेत गरेकाे छ ।
साथै अग्रगमनका पक्षधर र इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेकपा एकिकृत समाजवादी पार्टी समाहित हुन आह्वान गरेकाे जिल्ला सचिव बिक्रम चाैरसियाले वताए ।
बैठकमा वीरगंज महानगर कमिटीका अध्यक्ष मनाेज चाैधरी, प्रदेश कमिटीका सदस्यहरु किशाेरी कुशवाहा, याेगेन्द्र यादव लगायतकाे उपस्थिती रहेको थियो ।






















