प्रहरीको मिलिमतोमा भकुवा नाकाबाट दैनिक लाखौं बराबरको सामान तस्करी


वीरगञ्ज । पर्सामा विभिन्न नाकासँगै छपकैया छोटीनाकाबाट दैनिक तस्करहरुले प्रहरीको मिलोमतोमा तस्करी सुरु गरेका छन् । ईनरवानाको पश्चिमतर्फ रहेको भकुवा नाकाबाट दैनिक रुपमा लाखौ बराबरको कपडा, फलफुल, कस्मेटीक समान लगायत किराना समानहरु दैनिक रुपमा तस्करी हुँदै आएको छ ।
छपकैया (भकुवा) प्रहरी चौकिका ईन्चार्ज असई.हरेराम पटेलको मिलोमतोमा दैनिक रुपमा तस्करहरुले मालसमानहरु भारतीय बजारबाट नेपाली बजारमा सजिलै ल्याउने गरेको पाईएको छ। यसरी सिमा सुरक्षामा खटिएका भकुवा प्रहरी चौकि ईन्चार्ज पटेलले तस्करी गराई कामउ धन्दामा लागेकाछन ।
यसरी खुलेयाम रुपले तस्करी भईरहदा सम्बन्धीत निकायले मौनता देखाउदा अन्य प्रहरीको मनोबलमा वृद्धी भएको देखीनुका साथै उनका प्रमुख अधिकारीको समेत मिलोमतो हुनसक्ने अनुमान गर्न सकिन्छ ।
यसरी वीरगञ्जको विभिन्न नाकाबाट निर्विवाद रुपमा तस्करी भएको संचारजगतमा समाचार आईरहदा पनि सम्बन्धीत निकायले अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।






















